Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखराको बुद्धचोकबाट अवैध लागु औषधसहित एक व्यक्ति पक्राउ

पोखराको बुद्धचोकबाट अवैध लागु औषधसहित एक व्यक्ति पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २७, २०७७ मंगलवार • १२:५१:५४ बजे
  • 2.4K
    SHARES
  • पोखराको बुद्धचोकबाट अवैध लागु औषधसहित एक व्यक्ति पक्राउ

    पोखरा – पोखराको बुद्धचोकबाट अवैध लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् ।

    images

    पोखरा महानगरपालिका वडा नं -१० बुद्धचोकस्थित गौरीमार्गबाट नियन्त्रित लागु औषध बुप्रिनोर्फिन १५ एम्पुल, डाईजेपाम १५ एम्पुल र फेनरागन १५ एम्पुल सहित सोही स्थान बस्ने ३५ वर्षीय राम बहादुर गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार पोखरामा लागु औषध ओसारपसार एवं कारोबार गर्न लागेको भन्ने सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उक्त परिमाणको लागु औषध सहित गुरुङलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # लागूऔषध
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology