Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना संक्रमण पुष्टि

मंगलवार पोखरामा थप २५ जनालाई कोरोना संक्रमण पुष्टि

मंगलवार पोखरामा थप २५ जनालाई कोरोना संक्रमण पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २७, २०७७ मंगलवार • १७:५६:३० बजे
  • 1.9K
    SHARES
  • मंगलवार पोखरामा थप २५ जनालाई कोरोना संक्रमण पुष्टि

    पोखरामा थप २५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक जानकारी अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरा तथा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप २५ जना सहित गण्डकी प्रदेश भरी ३४ जनामा कोरोना पुष्टि भएको हो।

    संकलित स्वाब मध्ये कास्कीका ९६ जनाको परीक्षणमा २५ जनाको पोजेटिभ, स्याङ्गजाका ९ जनाको स्वाब परीक्षणमा २ जनाको पोजेटिभ, पर्वतका ६ जनाको स्वाब परीक्षण गर्दा ३ जनाको पोजेटिभ, बाग्लुङका ८ जनाको स्वाब परीक्षण गर्दा ३ जनाको पोजेटिभ र म्याग्दीका ३ जनाको स्वाब परीक्षण गर्दा १ जनाको रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ । आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार ७ सय ३० पुगेको छ । जसमा ३३५ सक्रिय संक्रमित छन् ।

    पोखरा महानगरपालिका वडा नम्बर १ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४८ र ५६ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । ४ नम्बर वडामा २९ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    पोखरा ५ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४० र ५५ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । वडा नम्बर ६ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २८ र ३५ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । पोखरा महानगरपालिका वडा नम्बर ७ मा ३६ वर्षीय १ जना पुरुष तथा ८ मा ३६ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    ९ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३१ र ३२ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पोखरा १० मा ३२ वर्षीय १ जना महिला तथा ११ मा ८ वर्षीय १ जना बालकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वडा नम्बर १२ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३९ तथा ५० वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    पोखरा महानगरपालिका वडा नम्बर १३ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४२ र ७१ वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको हो । १४ नम्बर वडामा ४४ वर्षीय १ जना पुरुष, १४ मा ३० वर्षीय १ जना महिला तथा २७ मा ३० वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा २९ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    सो वडामा ४० र ७३ वर्षीय २ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो । वडा नम्बर ३० मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४३ र ५२ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पोखरा महानगरपालिका वडा नम्बर ३१ मा ४० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology