पोखरा - पोखरा १७ संग्रालय रातो पहिरोबाट एक युवालाई लागूऔषध सहित पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने २३ वर्षीय सुनिक सार्कीलाई मंगलबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कास्कीले जनाएको छ।
उनको साथबाट नियन्त्रित ७ पिस डाईजेपाम, ६ पिस नुर्फिन, ७ पिस फेनारगन र १५ ट्याब्लेट नाईट्राजेपाम सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।