Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्याङ्जा हरीनासमा भरुवा बन्दुक सहित एक पुरुष पक्राउ

स्याङ्जा हरीनासमा भरुवा बन्दुक सहित एक पुरुष पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २८, २०७७ बुधवार • ११:१३:५२ बजे
  • 1.5K
    SHARES
  • स्याङ्जा हरीनासमा भरुवा बन्दुक सहित एक पुरुष पक्राउ

    स्याङ्जा - हरीनास गाउँपालिका ३ वलाम्दी बस्ने ४० वर्षीय तुल बहादुर रानालाई १ थान अवैध भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने ३१ वटा सिसाको छर्रा, बारुद, हतियारमा प्रयोग गरिने १ थान जंगी राउण्ड र भरुवा बन्दुकमा प्रयोग हुने २ थान चापघोडा सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले रानाको घर तलासी गर्दा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।

    images

    यस्तै  रोल्पा,रोल्पा नगरपालिका-१० धाङसीखोलाबाट सोही ठाउँस्थित चिउरीडाँडा बस्ने २५ वर्षीय प्रकाश बुढा र ३९ वर्षीय नर बहादुर घर्ति मगर २ थान भरुवा बन्दुक, फलामका टुक्रा, बारुद र १ थान खुकुरी सहित सोमबार दिउँसो पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पा र नेपाली सेनाको संयुक्त टोलीले गस्ती गर्ने क्रममा उनीहरूलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

  • सम्बन्धित विषय:

  • # भरुवा बन्दुक
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology