तनहुँ - तनहुँ ब्यास नपा १ खगौलीमा स्कुटरले पैदल यात्रीलाई ठक्कर दिदा एक युवती घाइते भएकी छन ।
ग १९ प ५६७९ नं को स्कुटरले पैदल यात्री जिल्ला प्युठान मानदाबी ३ घर भई हाल तनहुँ ब्यास नपा १ बस्ने बर्ष २२ कि अनिता परियारलाई ठक्कर दिँदा घाईते भई रत्नहरी अस्पताल दमौलीमा उपचार भईरहेको छ ।
स्कुटर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।