पर्वत- पर्वतमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जलजला गाउँपालिका ४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परियार रहेका छन् । प्रहरीका अनुसार रामबहादुरले घरायसी झगडाका कारण उत्पन्न विवादपछि श्रीमतीलाई सोही ठाउँस्थित धुलेपालसिङको जंगलमा लगेर हत्या गरेको जानकारी प्रहरी चौकी वारिबेनीमा आएपश्चात प्रहरीले मंगलबार दिउँसो उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका रामबहादुरमाथि आवश्यक अनुसन्धान शुरु भइरहेको प्रहरीले जनाएको छ ।