लमजुङ - लमजुङ दोर्दी गाउँपालिका सिमिताजेमा बोलेरो जीप दुर्घटना हुदाँ तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी आयोजनाको जीप दुर्घटना हुँदा आयोजनामा कार्यरत स्याङ्गा घर भएका ३४ वर्षीय इञ्जिनीयर यदुनाथ भट्टराई र तनहुँस्थित भानु नगरपालिका वडा नं १० घर भएका इन्जिनियर प्रकाश लौडारी,जीप चालक खोटाङ घर भएका २६ वर्षीय किशो राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
बेँसीशहर नगरपालिका १ उदिपुरबाट आयोजनास्थलतर्फ जाँदै गरेको प्रदेश ३ २२ च १३८३ नम्बरको बोलेरो जीप बिहीबार साँझ ५ः१५ बजे दुर्घटना भएको हो ।
सडकबाट १२० मिटर तल जीप खसेको र दुर्घटना हुनुको कारण भने खुलिनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए।
उनका अनुसार तीन जना घाइते भएका छन्। घाइते हुनेमध्ये एक जना सोही आयोजनामा कार्यरत धरान घर भएका सुनिलकुमार शाह रहेको ,लमजुङको दोर्दी गाउँपालिका ६ की वर्ष १५ की अनु घले र दोर्दीकै वर्ष १५ की सुनिता विक घाइते भएको लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले बताए ।
घाइतेलाई उपचारका लागि बेँसीशहर नगरपालिकामा रहेको जिल्ला अस्पतालमा उपचार भइरहेको बताए ।