Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

तिम्रा कानून चाहिँदैन छोरी मार्न पाइदैन भन्दै छात्राहरुले गरे प्रदर्शन

तिम्रा कानून चाहिँदैन छोरी मार्न पाइदैन भन्दै छात्राहरुले गरे प्रदर्शन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १, २०७७ शनिवार • १६:१७:४४ बजे
  • 859
    SHARES
  • तिम्रा कानून चाहिँदैन छोरी मार्न पाइदैन भन्दै छात्राहरुले गरे प्रदर्शन

    बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै काठमाण्डौको माइतीघर मण्डलामा शनिबार पनि युवायुवतीले प्रर्दशन गरेका छन् ।

    images

    आँखामा कालोपट्टी बाँधेर विरोध प्रर्दशनमा उत्रिएका युवतीहरुले बलत्कारी हत्याराहरुलाई सार्वजनिक गर्न र पीडितलाई न्याय दिन माग गर्दे नाराबाजी गरेका हुन् । उनीहरुले केही समय धर्ना समेत दिएका थिए ।सेतो लुगा लगाएर कपाल फिँजाएर ब्यानर सहित अग्रभागमा तीन जना महिलाले प्रतिकात्मक रुपमा विरोध प्रर्दशन गरेका थिए । उनीहरुको पछाडि मुखमा कालो टेप लगाएका युवतीहरु थिए ।


    सोही बीचमा आँखामा कालो पट्टी लगाएर युवतीहरुले महिला सुरक्षा, अपराधीलाई कारवाही र पीडीतलाई न्याय दिन माग गरिरहेका थिए । उनीहरुले तिम्रा कानून चाहिँदैन छोरी मार्न पाईदैन, बलात्कारी सरकार मुर्दावाद हत्यारालाई सार्वजनिक गर, बलात्कारीलाई फाँसी दे जस्ता नाराबाजी गरेका थिए ।

    मुलुकका विभिन्न स्थानमा बालिका बलात्कार र हत्यामा संलग्नको पहिचान र कारवाही नभएपछि त्यसको विरोधमा दोषिलाई कारवाही, पिडितलाई न्याय र बालिका तथा महिला सुरक्षाको प्रत्याभुति गर्न माग गदै काठमाण्डौमा दिनहुँ प्रर्दशन हुदै आएको छ ।

  • सम्बन्धित विषय:

  • # छोरी मार्न पाइदैन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology