Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँको बन्दीपुर स्थित थुम्कामा पोथी प्रजातिको चितुवा मृतावस्थामा फेला,

तनहुँको बन्दीपुर स्थित थुम्कामा पोथी प्रजातिको चितुवा मृतावस्थामा फेला,

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १, २०७७ शनिवार • १९:४८:२४ बजे
  • 2.3K
    SHARES
  • तनहुँको बन्दीपुर स्थित थुम्कामा पोथी प्रजातिको चितुवा मृतावस्थामा फेला,

    दमौली । तनहुँको बन्दीपुर गाउँपालिकास्थित थुम्कामा आज एक चितुवा मृतावस्थामा फेला परेको छ । बन्दीपुर गाउँपालिका–५ थुम्कामा पोथी प्रजातिको चितुवा मृतावस्थामा फेला परेको हो । 

    images

    अन्दाजी सात-आठ वर्षको चितुवा ३८ किलोको रहेको सव डिभिजन कार्यालय विमलनगरका प्रमुख सुरेज भुजेलले जानकारी दिए । उहाँका अनुसार विषादी प्रयोग भएको आहारा खाएर चितुवाको मृत्यु भएको हुनेसक्ने प्रारम्भिक आँकलन गरिएको छ । थप कारणबाट विस्तृत अनुसन्धानबाट खुल्ने उनले बताए । 

    विगत एक वर्षमा तनहुँका विभिन्न स्थानमा मृत फेला पर्ने चितुवाको सङ्ख्या आठ पुगेको छ । डिभिजन वन कार्यालयका अनुसार भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–९ बाइसजाँगर, भानु नगरपालिका–७ बगैँचागाउँ, भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–७ वसन्तपुर र व्यास नगरपालिका–५ पतेनीमा चितुवा मृतवस्थामा फेला परेको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology