Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँको आँबुखैरेनीमा एकाबिहानै मोटरसाईकल दुर्घटना,भारतीय ट्रकको चक्कामा परी महिलाको मृत्यु

तनहुँको आँबुखैरेनीमा एकाबिहानै मोटरसाईकल दुर्घटना,भारतीय ट्रकको चक्कामा परी महिलाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २, २०७७ आइतवार • ०९:१९:५२ बजे
  • 14.2K
    SHARES
  • तनहुँको आँबुखैरेनीमा एकाबिहानै मोटरसाईकल दुर्घटना,भारतीय ट्रकको चक्कामा परी महिलाको मृत्यु

    आँबुखैरेनी-  तनहुँको आँबुखैरेनी बजार चोकमा एकाबिहानै मोटरसाईकल दुर्घटना भएको छ।

    images

    दुर्घटना परि मोटरसाईकल चालक सामान्य घाईते भएको र पछाडि बस्ने एक जना महिलाको घटना स्थलमै मृत्यु भएको प्रत्यक्षदर्शी राजु थापाले जानकारी दिएको छ।

    मुग्लिनबाट पोखरातर्फ जादै गरेको भारतीय नम्बर प्लेट भएको एनएल ०१ एन २९८६ ग्याँस बुलेटलाई ओभरटेक गर्ने क्रममा गोरखाबाट मुग्लिनतर्फ आउदै गरेको ग ३ च २०८४ नंम्बरको निजी कारसँग ना १९ प ९२४ नंम्बरको मोटरसाईकल ठक्कर खादा सो दुर्घटना भएको छ।

    दुर्घटनामा परि पल्टिएको मोटरसाईकलको पछाडि बस्ने महिला ग्याँस बुलेटको पछिल्लो भागमा पर्न गएर मृत्यु भएको प्रत्यक्षदर्शीले बताएको छ।

    यसैबिच दुर्घटनामा परि मृत्यु हुने र घाईते हुनेको पहिचान खुली नसकेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख विकास थापाले जानकारी दिएको छ। घटनाको विस्तृत विवरण केहि बेर पछि दिने प्रहरीले जनाएको छ।

    स्रोत : इच्छाकामना न्युज

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology