Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पाँच जनाको हत्या, भएन अनुसन्धान

पाँच जनाको हत्या, भएन अनुसन्धान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३, २०७७ सोमवार • १०:०६:१८ बजे
  • 1.1K
    SHARES
  • पाँच जनाको हत्या, भएन अनुसन्धान

    दोगडाकेदार गाउँपालिकाअन्तरगत पर्ने साबिकको देउलेक गाविसमा भागरथी भट्टको बलात्कारपछि हत्या हुनुभन्दाअघि पाँच जनाको हत्या घटनामा अनुसन्धान नै भएको पाइएको छ । गुपचुप राखिने गरिएकैले अपराधका घटनाले निरन्तरता पाउँदा भागरथीको हत्या भएको त होइन भन्ने टीकाटिप्पणी पनि हुन थालेको छ ।

    images

    ‘यसअघि भएका हत्या घटनाको अनुसन्धान गरेर दोषीलाई कारवाही गरेको भए भागरथीको बलात्कापछि हत्या घटना हुँदैन थियो कि’,’ स्थानीयले भने, ‘विगतका घटनामा प्रहरीले वास्ता नगर्नुमा घटनामा राजनीतिक पहुँच भएका व्यक्तिका आफन्त दोषी छन् ।’


    अहिले त्रासले घटनाबारे खुलेर कसैले पनि बोल्न नसक्ने गाउँमा रहेको उनको भनाइ छ । जति घटना भए पनि केही नहुने भएकाले आफूमाथि झमेला आइलाग्दा भनेर स्थानीयले बोल्न नचाहेको उनले बताए ।


    डीआईजी उत्तम सुवेदीले भने, ‘पाँचवटा केस छन् भनिएको छ । रेकर्ड हेर्न लगाएको छु । यकिन भइसकेको छैन । केहीको जाहेरी दर्ता नभएको कुरा आएको छ ।’, आजको कान्तिपुर दैनिकमा समाचार छ ।

  • सम्बन्धित विषय:

  • # हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology