गोरखा - ब्युरोले २ सय २२ ग्राम आइस ड्रग्ससहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखाको अजिरकोट गाउँपालिकाका ३८ वर्षीय चीजकुमार गुरुङ रहेका छन्।
बिक्री गर्दै हिँडिरहेको अवस्थामा गुरुङको साथबाट १० ग्राम भेटिएको र उनको कोठामा खानतलासी गर्दा दुई सय १२ ग्राम भेटिएको ब्युरोले जनाएको छ। नेपाली बजारमा एक ग्राम आइस ड्रग्सको कम्तिमा १० हजार नेपाली रुपैयाँ पर्छ।
प्रहरीसँगको बयानमा गुरुङले आफुले अफगानिस्तान जान एक भारतीयलाई १४ लाख रुपैयाँ बुझाएको र लामो समयसम्म पनि काम नबनेपछि उनैले यस्तो कारोबारमा संलग्न गराएको बताएका छन्।
गुरुङले आफूलाई सामान उपलब्ध गराउने भनेका भारतीय गत मंसिरमै ठगी मुद्धामा पक्राउ परेको प्रहरीले जनाएको छ।।