Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा याम्दीमा ट्याक्सीले ठक्कर दिदाँ गम्भिर घाइते युवाको उपचारको क्रममा निधन

पोखरा याम्दीमा ट्याक्सीले ठक्कर दिदाँ गम्भिर घाइते युवाको उपचारको क्रममा निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण ३, २०७७ सोमवार • १५:३०:२८ बजे
  • 2.9K
    SHARES
  • पोखरा याम्दीमा ट्याक्सीले ठक्कर दिदाँ गम्भिर घाइते युवाको उपचारको क्रममा निधन

    पोखरा  - पोखरा २५ याम्दीमा शनिवार भएको सवारी दुर्घटनामा गम्भिर घाइते भएका युवाको उपचारको क्रममा निधन भएको छ ।

    images

    स्याङ्जा पुतलीबजार नगरपालिका ९ लामागे घर भई पोखरा ९ नागढुङ्गा बस्दै आएका ४० वर्षका श्रीकृष्ण भण्डारीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुवास हमालले बताए ।

    भण्डारीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

    बाग्लुङबाट पोखरा आउँदै गरेको ध १ ज ९८८ नम्बरको ट्याक्सीले हेम्जा याम्दीमा ग १७ प ९१६२ नम्बरको भण्डारी सवार स्कुटरलाई ठक्कर दिएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology