Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

देशका धेरैजसो पहाडी क्षेत्रको मौसम अहिले बद्ली

देशका धेरैजसो पहाडी क्षेत्रको मौसम अहिले बद्ली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ४, २०७७ मंगलवार • ०८:२४:०० बजे
  • 1.6K
    SHARES
  • देशका धेरैजसो पहाडी क्षेत्रको मौसम अहिले बद्ली

     देशका धेरैजसो पहाडी क्षेत्रको मौसम अहिले बद्ली भएको छ ।गएको २४ घण्टामा गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा हल्कादेखि सामान्य वर्षा भएको छ ।

    images


    मौसमविद् मिनकुमार अर्यालकाअनुसार पोखरामा असिना पानी परेको छ । यस्तै, लुम्लेमा पनि गएको २४ घण्टामा २० देखि २१ मिलीमिटर पानी परेको उनले बताए ।


    पश्चिमी पहाडी क्षेत्रमा पानी परे पनि अन्य क्षेत्रमा भने खासै पानी परेन । यस्तै, आज पनि पश्चिम पहाडी केही क्षेत्रमा पानी पर्ने अनुमान छ । गण्डकी, वाग्मती र १ नम्बर प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताए ।

    यस्तै, काठमाण्डौ उपत्यकाको मौसम आज दिउँसोपछि बद्ली हुने सम्भावना छ ।

    तर, मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने कम रहेको मौसमविद् अर्यालले बताए । आज काठमाण्डौको न्यूनतम तापक्रम घटेको छ । हिजो ८ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज ५ डिग्री सेल्सियसमा झरेको छ ।

    आज अधिकतम तापक्रम भने २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । नेपालमा अहिले पश्चिमी वायुको प्रभाव छ ।

  • सम्बन्धित विषय:

  • # मौसम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology