Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

काठमाण्डौ जिल्ला अदालतमा इजलासमै न्यायाधीशको अगाडी दुई कर्मचारी बीच कुटाकुट

काठमाण्डौ जिल्ला अदालतमा इजलासमै न्यायाधीशको अगाडी दुई कर्मचारी बीच कुटाकुट

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण ४, २०७७ मंगलवार • १७:०७:४७ बजे
  • 1.2K
    SHARES
  • काठमाण्डौ जिल्ला अदालतमा इजलासमै न्यायाधीशको अगाडी दुई कर्मचारी बीच कुटाकुट

    काठमाण्डौ जिल्ला अदालतमा इजलासमै न्यायाधीशको अगाडी दुई कर्मचारी बीच कुटाकुट भएको छ ।

    images

    १४ नम्बर इजलासमै न्यायाधीश प्रकाश चन्द्र अधिकारीकै सामुन्ने इजलास अधिकृत गोकर्ण शर्मा र नायब सुब्बा नेत्रप्रसाद बाँस्तोला कुटाकुटमा उत्रिएका हुन्।

    एक आपसमा भएको कुटाकुटमा इजलास अधिकृत गोकर्ण शर्माको नाकमा चोट लागेपछी रगत बगेको बगै भएपछी उपचारको लागी अस्पताल लगिएको थियो । हाल उनको स्वास्थ्य समान्य छ ।

    मालपोत कार्यालयलाई भएको एउटा आदेशमा सही गर्ने कुरालाई लिएर विवाद भएको थियो ।

    आदेशमा सही गराउन लिएर जादाँ इजलास अधिकृत शर्माले व्यहोरा नमिलेको भन्दै अर्को व्यहोरा लेखेर ल्याउन भनेपछि वादविवाद भएको त्यही बढ्दै गएर हात हालाहाल नै भएको श्रेतेदार भीम प्रसाद निरौलाले जानकारी दिए ।

    निरौलाका अनुसार कार्यालय प्रमुखका नाममा आदेश गर्ने की कार्यालयको नाममा आदेश गर्ने भन्ने कुरामा मत बाझिएको उनले बता ।

    आज न्यायाधीशसँग यो विषयमा कुरा हुने, छानबिन गर्ने र दोषी पत्ता लगाएर कारबाही गरिने पनि श्रेस्तेदार निरौलाले बताए। सोमबार भएको कुटाकुटले केहीबेर इजलास प्रभावित भएका थिए।

    ;

  • सम्बन्धित विषय:

  • # कुटाकुट
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology