Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भोक लाग्दा माटो खान्छन् टुहुरा बालिका

भोक लाग्दा माटो खान्छन् टुहुरा बालिका

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ५, २०७७ बुधवार • ०९:५६:२२ बजे
  • 1.9K
    SHARES
  • भोक लाग्दा माटो खान्छन् टुहुरा बालिका

    १० वर्षीया सविता, नौ वर्षीया सुनिता र पाँच वर्षीया र मिला एकैपरि वार का टुहुरा दिदीबहिनी हुन् । फुसले छाएको घर भत्किने अवस्थामा पुगेको छ भने खाने अन्न छैन । भोकले छटपटाउँदा उनीहरू माटो खान्छन् ।

    images

    जिउमा फाटेको एकसरो लुगाबाहेक राति ओढ्ने ओ छ्याउने थप कपडा छैन । दिउँसो घाम तापेर र राति आगो बालेर बस्ने गरेका छन् । यो कुनै चलचित्रको कथा जस्तो लाग्ने पीडा बैतडीको सिगास गाउँपालिका न्वादेउका तीन जना टुहुरा दलित बालिकाको हो ।

    विपन्न दलित परिवारमा जन्मेका तीन दिदीबहिनी विद्यालय पनि जाँदैनन् । बुबा शालिभान नेपालीको उपचार अभावमा तीन वर्षअघि मृत्यु भयो । रो गी आमा अन्नपात माग्दै गाउँ डुल्न जान्छिन् । गाउँमा अन्नपात माग्न गएकी आमा फर्किन ढिलो भएपछि पाँच वर्षीया कान्छी छोरी र मिलाले भोक थाम्न नसक्दा माटो खाने गरेको उनकी दिदी सविता नेपालीले सुनाइन् ।

    दलित भएकै कारण अन्य समुदायका मानिसले बालिकालाई घरभित्र लैजान अप्ठ्यारो मान्ने गरेका छन् । कहिले काहीँ एकदुई गाँस खान दिए पनि सहारा दिन चाहिँ कोही अघि सरेका छैनन् ।

    पोहोर साल फुसले छाएको घर भत्केपछि आफ्नै पहलमा मर्मत गरि दिएको स्थानीय गोरे बोहराले बताए । कपडा सिलाएर बालबच्चा पाल्दै आएका शालिभानको मृत्युपछि परिवारको बिचल्ली भएको बोहरा बताउँछन् । जग्गा जमिन केही छैन । आमाले गाउँगाउँ डुलेर मागेको अन्नले कहिलेकाहीँ छाक टार्ने गरेका छन् । उनी पनि काम गर्न सक्ने अवस्थामा छैनन् ।, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # टुहुरा बालिका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology