पोखरा - पोखरा ११ फुलबारीमा एक घरको गाईको गोठमा आगलागी भएको छ।
आज बिहान अन्दाजी ८: ३० बजेको समयमा पोखरा ११ महाकलेश्वर मार्ग (फुलबारी) मा सरस्वती गौतमको गाईको गोठमा आगलागी भएको हो। बिहानको समयमा गाईलाई कुडो पकाउन राखेर घरमा आफ्नो काम गरिरहेको बेलामा एक्कासी गोठमा आगो लागेको हो।
स्थानीय र पोखरा महानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याईएको छ। यस्तै आगोलागीबाट एउटा गाईको शरीर र कटेरोमा क्षति पुगेको स्थानीयले बताएका छन।
स्थानीयका अनुसार समयमा नै आगो निन्त्रणमा आएकाले थप मानवीय क्षती भएको छैन ।