Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा सराङ्कोट वडा कार्यलय भवन सँगै रहेको  तेश्रो तलाबाट खसेर प्रहरी जवानको मृत्यु

पोखरा सराङ्कोट वडा कार्यलय भवन सँगै रहेको  तेश्रो तलाबाट खसेर प्रहरी जवानको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण ५, २०७७ बुधवार • ११:५८:१८ बजे
  • 5.8K
    SHARES
  • पोखरा सराङ्कोट  वडा कार्यलय भवन सँगै रहेको  तेश्रो तलाबाट खसेर  प्रहरी जवानको मृत्यु

    पोखरा - ड्युटीमा रहेका एक प्रहरी जवानको तेश्रो तलाबाट खसेर मृत्यु भएको छ । 

    images

    पोखरा वडा नम्बर १८ सराङ्कोट वडा कार्यलय भवन सँगै रहेको  तेश्रो तलामा रहेको प्रहरीबीटबाट खसेर बुधवार अन्दाजी ३२ बर्षिय  ठग बहादुर आलेको मृत्यु भएको हो ।

    गोरखा घर भएका आले सराङ्कोटमा लगभग एक वर्ष अगाडी देखि डियुटीमा रहेका थिए । 

    उनलाई सराङ्कोटमा नै डियुटिमा रहेका साथीहरुले उद्दार गरी थप उपचारको लागी पोखराको मनिपाल अस्पताल लगिएको थियो । अस्पताल पुग्ना साथ डाक्टरहरुले पहिलै नै मृत्यु भइसकेको घोषणा गरेका थिए ।

    निधनपछि उनको शव पोस्टमार्टमको लागि पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।

    घटना कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्ट आएपछी सबैकुरा खुल्ने कास्की प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology