सुन्जित तामाङ्ग
कैलाली / रु.४ लाख ६५ हजार नगद पैसा,२ तोला सुन र १ बर्षे बच्चा सहित रोहन खड्काले दिनेश मल्लकी श्रीमती सरिता मल्ललाई भगाएर फरार भएका छन् ।
कैलाली जिल्ला गोदावरी न.पा. स्थित दिनेश मल्लकी श्रीमती सरिता मल्ल २०७७ साल पुष ६ गते घर परिवार संगको सरसल्लाहमा पुष १५ मनाउन भनी माइती गएकी सरिता पुस १५ सके पछि घरमा बोलाउदा एकै चोटी माघ मनाएर आउने भनि माइती बसेकी थिईन । सरिताकी श्रीमान दिनेशले बेला बेलामा खर्च समेत छोडेर आइरहेको र पारिवारिक सम्बन्ध राम्रो भएको बताएका छन् । तर माघ ०८ गते काठमाडौँ आएर पटक पटक फोन गर्दा कल रिसिभ नभएको र माघ १८ गते घर फर्किदा नगद पैसा र सुन सहित लगेर फरार भएको थाहा पाएको बाताउनु भयो । माइतबाट केहि दिनमा घर फर्किन्छु भनेकी सरिता आखिर खड्का संग कसरी फरार भयो भन्ने पारिवारिक स्रोतलाई समेत केहि जानकारी नभएको पाएको छ।
बैङलोरमा काम गर्दै आइरहेका खड्का छुट्टी काट्न नेपाल आएका थिए । छुट्टी मनाएर नेपाल बाट फर्किने क्रममा खड्काले अर्काकी श्रीमती,बच्चा र सुन सहित नगद पैसा लगेर भारत गएको दिनेशका काका चक्र मल्लले जानकारी गराउनु भयो ।
भारत प्रस्थान गरिसकेको गोप्य सुत्र अनुसार बैङलोर प्रहारीमा समेत उजुरी दर्ता गरेका थिए । उजुरी दर्ता गरे लगातै काम गर्ने कम्पनीमा प्रहारीले चेकजाच गर्न जादा समेत खड्कालाई फेला पार्न सकेको छैन । खड्का बैङलोर स्थित एक गाई फारममा काम गर्दै आइरहेको थिए ।
१८ बर्ष मात्रै उमेर पुगेका खड्काले पैसाको लोभमा अर्काको श्रीमती लिएर फरार भएको पारिवारिक स्रोतको भनाई रहेको छ ।
यदि कोहि कसैले फेला परेको खण्डमा निम्न नम्बर मा सम्पर्क गरी सहयोग गरिदिनु परिवारले हार्दिक अनुरोध गरेको छ।
९८६८५७८७४२
९८२४६७८०१३
९८६८८७६३७०
थप पहिचानको लागि केहि तस्बिर हरु



