Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँबाट बेपत्ता किशोर दश दिनपछि पोखरामा फेला

तनहुँबाट बेपत्ता किशोर दश दिनपछि पोखरामा फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ६, २०७७ बिहिवार • १७:००:१६ बजे
  • 2.2K
    SHARES
  • तनहुँबाट बेपत्ता किशोर दश दिनपछि पोखरामा फेला

    तनहुँ व्यास नगरपालिका–४ सिमलटार बस्ने १७ वर्षीय ईश्वर क्षेत्री दश दिनपछि फेला परेका छन् । गत माघ २६ गतेदेखि बेपत्ता भएका उनी बुधबार पोखरामा फेला परेका हुन् ।

    images

    क्याम्पस जान घरबाट हिँडेका उनी क्याम्पस नगइ बेपत्ता भएका थिए । सिमलटारस्थित मामाघर बसेर पढ्दै आएका ईश्वर बेपत्ता भएपछि दाजु सन्तोषले प्रहरीमा उजूरी दिएका थिए ।

    वीरता टोल विकास संस्थाका अध्यक्ष सरोज बस्नेतले पोखरामा फेला परेपछि ईश्वरलाई घर ल्याइएको जानकारी दिए । ईश्वरका दाजु सन्तोषले बेपत्ता भाइ फेला परेकामा खुशी व्यक्त गर्दै रासससँग भने, भाइले पोखरामा दाइहरुसँग गएर बसेको थिएँ भनेको छ, अरु कुरा खासै सोधेको छैन । भाइ भेटियो खुशी छौ ।

  • सम्बन्धित विषय:

  • # बेपत्ता किशोर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology