पोखरा - बिहीबार दिउँसो पोखरा २९ भण्डारढिक स्थित आदर्श चोकमा दुर्घटना हुदाँ एक महिला घाइते भएकी छन ।
दुर्घटना परी पोखरा २९ पटनेरी निवासी १९ वर्षीया संगीता बास्तोला घाइते भएकी हुन ।
ग१५प ९७२८ नं को मोटरसाइकल र ग१३प ५५३७ नं को स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुटरको पछाडि सवार बास्तोला घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।
घाइते बास्तोलाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।