Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा अघौंचोकमा बिहीबार बिहान मोटरसाइकल र स्कुटर ठक्कर खाँदा तीन जना घाइते

पोखरा अघौंचोकमा बिहीबार बिहान मोटरसाइकल र स्कुटर ठक्कर खाँदा तीन जना घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण ६, २०७७ बिहिवार • १८:३७:२५ बजे
  • 1.7K
    SHARES
  • पोखरा अघौंचोकमा बिहीबार बिहान मोटरसाइकल र स्कुटर ठक्कर खाँदा तीन जना घाइते

    पोखरा - पोखरा २६ अघौंचोकमा बिहीबार बिहान मोटरसाइकल र स्कुटर ठक्कर खाँदा तीन जना घाइते भएका छन् ।

    images

    पोखराबाट तालचोक जाँदै गरेको ग१८प १८६० नं को स्कुटर र सोही दिशातर्फ जाँदै गरेको ग१६प ८५३२ नं को मोटरसाइकल एक आपसमा ठक्करखाँदा मोटरसाइकल चालक पुरुष र स्कुटरमा सवार दुइ महिला घाइते भएका हुन् ।

    घाइते हुनेमा मोटरसाइकल चालक पोखरा-१४ निवासी ४० वर्षीय कृष्णप्रसाद सापकोटा, र स्कुटर चालक पोखरा-२६ बुढीबजार निवासी ३९ वर्षीया बिष्णु महत र स्कुटरको पछाडि सवार पोखरा-२६ बुढीबजार निवासी २५ वर्षीया उर्मिला थापा रहेको जानकारी गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    घाइते सापकोटाको लेखनाथ सिटी अस्पताल र बिष्णु र उर्मिलाको मेट्रोसिटी अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology