Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

१७ जना जुवाडे ३१ लाख नगद सहित पक्राउ

१७ जना जुवाडे ३१ लाख नगद सहित पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण ८, २०७७ शनिवार • १०:१५:२० बजे
  • 1.9K
    SHARES
  • १७ जना जुवाडे ३१ लाख नगद सहित पक्राउ

    ललितपुरमा जुवा खेलिरहेका १७ जनालाई प्रहरीले ३१ लाख नगद सहिर पक्राउ गरेको छ । शुक्रबार ललितपुर महानरगरपालिका वडा नम्बर २६ सुनाकोठीमा जुवा खेलिरहका १७ जनालाई प्रहरीले नगदसहित नियन्त्रणमा लिएको हो ।

    images

    सुनाकोठीस्थित अजय महर्जनको ४ तले पक्की घरको दोस्रो तलामा जुवा खेलिरहेका उनीहरूलाई प्रहरीले ३० लाख ८४ हजार ४ सय रुपैयाँसहित नियन्त्रणमा लिएको हो । त्यस्तै उनीहरुको साथबाट १९ बुक तास, १६ थान कौडा, तास खेल्दा प्रयोग गर्ने क्यारेमको गोटी ५ थान र १५० थान सिमीको दाना पनि बरामद भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले जानकारी दिए ।

    अवैध रुपमा तास खेलेको सूचनाका आधारमा परिसरबाट प्रहरी निरीक्षकहरू पोषणराज थपलिया र सुरेशराज भट्टको कमान्डमा ३५ जनाको टोली खानतलासीमा खटिएको थियो । पक्राउ परेकाहरूलाई परिसरमै राखिएको र अनुसन्धान जारी रहेको पनि प्रहरी उपरीक्षक महर्जनले बताए ।

    पक्राउ पर्नेहरू

    १। जिल्ला ललितपुर बस्ने वर्ष ४३ को रामबहादुर लामा


    २। जिल्ला ललितपुर बस्ने वर्ष ४० को प्रकाश भण्डारी

    ३। जिल्ला ललितपुर बस्ने वर्ष ४७ को लव कुमार बस्‍नेत

    ४। जिल्ला ललितपुर बस्न वर्ष ४३ को राकेश महर्जन

    ५। जिल्ला ललितपुर बस्ने वर्ष ३९ को दिनेश पुडासैनी

    ६। जिल्ला ललितपुर बस्ने वर्ष ५३ को हिटलर श्रेष्ठ

    ७। जिल्ला ललितपुर बस्ने वर्ष २८ को अनिल महर्जन

    ८। जिल्ला ललितपुर बस्ने वर्ष ३६ को श्रीकृष्ण खड्का

    ९। जिल्ला ललितपुर बस्ने वर्ष ४२ को तुलसी राम महर्जन

    १०। जिल्ला ललितपुर बस्ने वर्ष ४६ को सानु कान्छा महर्जन

    ११। जिल्ला ललितपुर बस्ने वर्ष ४५ को पुर्ण श्रेष्ठ

    १२। जिल्ला ललितपुर बस्ने वर्ष ४८ को विनोद प्रसाद घिमिरे

    १३। जिल्ला ललितपुर बस्ने वर्ष ४० को पुर्ण मान माली

    १४। जिल्ला ललितपुर बस्ने वर्ष ५७ को सानुकान्छा बस्‍नेत

    १५। जिल्ला ललितपुर बस्ने वर्ष ४६ को राम खत्री

    १६। जिल्ला ललितपुर बस्ने वर्ष ३२ को विनोद महर्जन

    १७। जिल्ला ललितपुर बस्ने वर्ष ५५ को चिरीकाजी महर्जन

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology