Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बारामा मालपोत कार्यालयका निमित्त प्रमुख खनाल ६ लाख घुससहित अख्तियारको नियन्त्रणमा

बारामा मालपोत कार्यालयका निमित्त प्रमुख खनाल ६ लाख घुससहित अख्तियारको नियन्त्रणमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण ८, २०७७ शनिवार • १०:४५:५३ बजे
  • 1.4K
    SHARES
  • बारामा मालपोत कार्यालयका निमित्त प्रमुख खनाल ६ लाख घुससहित अख्तियारको नियन्त्रणमा

    बारा । बारा जिल्लाको सिमरामा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख मनककुमार खनाल ६ लाख घुससहित अख्तियारको नियन्त्रणमा परेका छन् ।

    images

    बाराको जितपुरमा रहेको जग्गा सर्जमिन मुचुल्का गरी पास गराउनका लागि भन्दै सेवाग्राहीसँग घुस मागेपछि नायब सुुब्बा खनाल अख्तियारको नियन्त्रणमा पुुगेका हुन् ।

    जग्गा पास गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौंबाट गएको टोलीले खनालसहित लेखापढी व्यवसायी बद्री बडाललाई पक्राउ गरेको हो ।

    उनीहरुलार्ई अमलेखगञ्जस्थित एक होटलबाट घुसवापतको रकम लिइसकेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको हो । अहिले अख्तियारको टोलीले मुचुल्का बनाउने काम गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # घुससहित पक्राउ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology