पोखरा - पोखरामा लागुऔषधसहित एक युवा पक्राउ परेका छन् ।
शनिबार पोखरा २ भैरवटोल निवासी २४ वर्षीय मुक्तान शर्मा जैसी लागु औषधसहित पक्राउ परेका हुन् ।
शर्माको साथबाट नाइट्रोभेट ट्याब्लेट दुई सय ५ वटा बरामद गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो ।
शर्मामाथि अनुसन्धान भइरहेको बताइएको छ ।