पोखरा - दुई स्कुटर एक आपसमा ठक्कर खाँदा चार जना घाइते भएका छन् ।
पोखरा लेखनाथ स्थित २९ आदर्शचोकमा आइतबार बिहान १० बजेको समयमा भएको दुर्घटनमा ग ११ प २७६५ नं।को स्कुटर र प्रदेश नं.२ ०३ ००१ प ५५० नं।को स्कुटरमा सवार चार जना जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा प्रदेश नं .२ ०३ ००१ प ५५० नं को स्कुटर चालक पोखरा २९ भण्डारढिक निवासी २४ वर्षीय सन्देश गुरुङ, सोही स्कुटरको पछाडि सवार पोखरा २९ भण्डारढिक निवासी २१ वर्षीय अशिम तामाङ गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा ग११प २७६५ नं को स्कुटर चालक पोखरा २७ तालचोक निवासी ४५ वर्षीय केशव पराजुली र सोही स्कुटरको पछाडि सवार पोखरा २७ तालचोक निवासी ८ वर्षीया स्मारिका पराजुली घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।
उनीहरु चारै जनालाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।