तनहुँ - तनहुँमा मोटरसाइकल र स्कुटर ठक्कर खाँदा स्कुटर चालकको मृत्यु भएको छ ।
आइतबार बिहान ७ बजे शुक्लागण्डकी नगरपालिका ४ दुलेगौंडामा पाटनबाट पोखरातर्फ आउँदै गरेको ग १३ प ६२५ नं को स्कुटर र विपरीत दिशाबाट जाँदै गरेको ग १९ प ३७०६ नं को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा स्कुटर चालक शुक्लागण्डकी ८ पाटन निवासी २२ वर्षीय सन्देश भट्टराईको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक शुक्लागण्डकी ३ निवासी १७ वर्षीय अमृत श्रेष्ठ घाइते भएका छन् । श्रेष्ठलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो ।