मुस्लिम समुदायले मनाउने ईद (ईल उद फित्र) पर्वको अवसर पारेर सरकारले आईतबारका लागि दिने भनेको सार्वजनिक बिदा सोमबार दिने भएको छ । जेठ ११ गते आइतबारका लागि विदा दिने निर्णय गरेको सरकारले निर्णय गरेपछि गृह मन्त्रालयले जेठ ९ गते नै ११ गते आईतबारका लागि सार्वजनिक बिदा दिने भन्दै सूचना समेत जारी गरेको थियो ।
गृह मन्त्रालयले शनिबार अर्को सूचना जारी गर्दै आईतबारको साटो सोमबार विदा दिने भन्दै विदाका बारे सच्याइएको भन्दै सूचना प्रकाशित गरेको छ ।
मन्त्रालयले सूचनामा नेपाल र दक्षिण एशियाभरबाट जेठ १० गते शनिबार चन्द्रमा नखेखिएको र सो बमोजिम सार्वजनिक विदाका लागि मुश्लिम आयोगबाट अनुरोध आएकोमा सच्याईएको जनाएको छ ।
मन्त्रालयले ईद पर्व २०७७ जेठ १२ गते सोमबार मनाउने निर्णय भएको र सोही दिन सार्वजनिक विदा दिने निर्णय गरिएको सूचनामा जनाएको छ ।
चन्द्रमाको अवस्था र यसलाई देखिन मिल्ने समय र यसको परिक्रमको अवस्थाको आधारमा रमदान सकिएपछिको शुरु हुने शुक्लपक्षमा चन्द्रमा देखिएको भोलिपल्ट ईद पर्व मनाउने मुश्लिम समुदायको परम्परा छ ।
