Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एकै परिवारका तीन जना मृत

गोरखा बारपाकमा एकै परिवारका तीन जना मृत भेटिए, प्रहरी घटना स्थलमा पुग्दै

गोरखा बारपाकमा एकै परिवारका तीन जना मृत भेटिए, प्रहरी घटना स्थलमा पुग्दै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १०, २०७७ सोमवार • १२:२३:३७ बजे
  • 3.1K
    SHARES
  • गोरखा बारपाकमा एकै परिवारका तीन जना मृत भेटिए, प्रहरी घटना स्थलमा पुग्दै

    गोरखा- गोरखामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । जिल्लाको बारपाक गाउँपालिकास्थित लिवाचे टोलमा एकै परिवारका तीन जना मृत भेटिएका हुन् ।

    images

    बिहान अबेरसम्म घरको ढोका नखोलेपछि स्थानीयले गएर हेर्दा अन्जादी ८५ वर्षका तिलबहादुर गुरुङ, उनकी बुहारी आइतकुमारी गुरुङ र नातिनी १३ वर्षीया उषा गुरुङ सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएका हुन् ।

    विषालु च्याउ खाएका कारण उनीहरुको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान गर्न बारपाक प्रहरी चौकीको टोली अहिले घटनास्थल पुगेको एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए ।

    इलाका प्रहरी कार्यालय जौवारीको टोली पनि त्यसतर्फ जाँदै गरेको र पोष्टमार्टम पछि नै उनीहरुको मृत्युको कारण खुल्ने उनले बताए ।

  • सम्बन्धित विषय:

  • # रहस्यमय मृत्यु
  • # मृत
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology