Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पर्वतमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु

पर्वतमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण ११, २०७७ मंगलवार • ०८:४०:५० बजे
  • 1.1K
    SHARES
  • पर्वतमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु

    पर्वत - पर्वतमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।

    images

    सोमबार बिहान ७:०० बजे जलजला गाउँपालिका-८ खनियाँघाटमा ध १ प ८९५८ नं।को मोटरसाइकल अनियन्त्रित भई सडकबाट २२ मिटर तल खोँचमा खस्दा बागलुङ जिल्ला बागलुङ नगरपालिका-२ निवासी ३७ वर्षीय बाबुराम केसीको मृत्यु भएको हो ।

    दुर्घटनामा गरी गम्भीर घाइते केसीलाई उपचारको लागि बागलुङस्थित धौलागिरि अस्पताल लगिएको भएपनि उपचारकै क्रममा बिहान ८:०० बजे चिकित्सकले मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology