पर्वत - पर्वतमा जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
सोमबार दिउँसो मोदी गाउँपालिका-५ अम्बोटस्थित कुश्मा-पोखरा सडक खण्डमा म्याग्दीबाट पोखरातर्फ आउँदै गरेको ग ३ च १०९ नं।को जीप दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।
दुर्घटनामा परी जीपमा सवार म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका-४ नारच्याङका ६५ वर्षीय भीमबहादुर पुन, सोही स्थानका ३० वर्षीय विशाल गर्बुजा र ३० वर्षीय ताराबहादुर गर्बुजा रहेका छन् ।
उनीहरुलाई उपचारका लागि पोखरा ल्याइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो । जीपमा चार जना सवार रहेकोमा एक जना सकुशल रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।