पोखरा पोखरा खपौंदीबाट कास्की प्रहरीले अवैध लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
लागु औषध नियन्त्रण व्यूरो शाखा पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा खोटाङ जिल्ला वाकाचो -९ स्थायी घर भई हाल खपौंदीमा बस्दै आएका ३६ वर्षीय वीरबहादुर तामाङ र पोखरा -१७ घारीपाटन बस्ने २९ वर्षीय अरुण तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीका अनुसार चेकजाँचका क्रममा लागु औषधसहित पक्राउ परेका उनीहरुको साथबाट डाईजेपाम १८ एम्पुल, फेनेरागन २४ एम्पुल, नुर्फिन ३१ एम्पुल गरी जम्मा ७३ एम्पुल सहित दुई थान मोवाइल बरामद गरिएको छ ।
पक्राउ परेका माथि लागु औषध सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान कार्य अगाडी बढाईएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।