पोखरा - पोखराको भैरवटोलबाट लागु औषध सहित एक युवक पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय बगर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका २ भैरवटोल बस्ने २४ वर्षीय मुक्तान शर्माको साथबाट लागु औषध नाइट्रोभ्याट २११ ट्याब्लेट वरामद गरेको जनाएको छ ।
पक्राउ परेका माथि लागु औषध सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान कार्य अगाडी बढाईएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।