Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लमजुङको जंगलमा आगलागी भएको तीन दिनमा बल्ल नियन्त्रणमा

लमजुङको जंगलमा आगलागी भएको तीन दिनमा बल्ल नियन्त्रणमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण ११, २०७७ मंगलवार • ०९:३०:१६ बजे
  • 1.3K
    SHARES
  • लमजुङको जंगलमा आगलागी भएको तीन दिनमा बल्ल नियन्त्रणमा

    लमजुङ - लमजुङको एक जंगलमा आगलागी भएको तीन दिनमा बल्ल नियन्त्रणमा आएको छ । गत शनिबार दिउँसोबाट आगलागी भएको लमजुङको बेँसीशहर नगरपालिका ६ रहेको शान्ति, सुलीकोट र भोटेचौर सामुदायिक वनको जङ्गलको लागेको आगो आज बल्ल नियन्त्रण आएको हो ।

    images

    शनिबारबाट सुरु भएको आगलागीले यस नगरको वडा नं ६ यस जंगलमा ठूलो आगलागी भएको थियो । जंगलमा अचानक लागेको आगलागीको तेस्रो दिन आज नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको पहलमा आगो नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । उनका अनुसार ३० हेक्टर क्षेत्रफलमा आगलागी भएको छ ।

    नगरपालिकाको दमकल, सुरक्षा निकायले अग्नि नियन्त्रण सामग्रीको माध्यमबाट आगो नियन्त्रणमा लिन सफल भएको प्रजिअ शर्माको भनाइ छ ।

    आगलागीबाट जंगली जनावर, चराचुरुङ्गी तथा जमीनमा घिस्रिएर हिँड्ने प्राणीको बासस्थान सखाप भएको छ । जंगलमा कस्ले लगाएको आगो भनेर पत्ता लागिसकेको छैन । यस जंगलमा गत वर्ष पनि आगलागी भएको थियो ।

  • सम्बन्धित विषय:

  • # आगलागी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology