Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

१ वर्षीय बालिकाको हत्या गरी खोला छेउमा गाड्ने आमासहित ५ जना पक्राउ

१ वर्षीय बालिकाको हत्या गरी खोला छेउमा गाड्ने आमासहित ५ जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण ११, २०७७ मंगलवार • १४:२७:११ बजे
  • 1.6K
    SHARES
  • १ वर्षीय बालिकाको हत्या गरी खोला छेउमा गाड्ने आमासहित ५ जना पक्राउ

    बुटवल । १ वर्षीय बालिकाको हत्या गरेको आरोपमा आमासहित ५ जना पक्राउ परेका छन् । रुपन्देहीको मायादेवी गाउँपालिका ३ हरहरवामा छोरीको हत्या गरेको आरोपमा २१ वर्षीय प्रेमा यादवसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा प्रेमासहित उनका ससुरा बुद्धिराम यादव, सासु राजमती यादव, श्रीमान राजकुमार यादव र प्रेमाका साथी लुम्बिनी सांस्कृतिक नगरपालिका ९ का प्रदिप चौधरी रहेका छन् ।

    images

    प्रेमाले छोरीको हत्या गरी आफूले आत्महत्या गर्ने मनसाय बनाएर घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रेमाले आफ्नो कोठामा पंखामा बाँधिएको डोरीमा छोरीलाई झुण्ड्याएर आफुले समेत सोही डोरीमा झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेकी थिइन् । नन्दले डोरी काटेर प्रेमालाई बचाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

    बालिकाको शव भने नजिकैको खोलामा लगेर गाडी सकेको जानकारी प्राप्त भएपछि तत्काल प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । प्रहरीले दानव खोला नजिक बालिकाको शव फेला परेको थियो । प्रहरीले थप अनुसन्धानको लागि पक्राउ पर्नेहरुमाथि अदालती प्रकृया अगाडि बढाएको छ ।

  • सम्बन्धित विषय:

  • # बालिकाको हत्या
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology