Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

म्याद थपका लागि अदालत पुर्याइएका दुई जना अदालत परिसरबाटै हत्कडी सहित फरार

म्याद थपका लागि अदालत पुर्याइएका दुई जना अदालत परिसरबाटै हत्कडी सहित फरार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण ११, २०७७ मंगलवार • १५:१५:३९ बजे
  • 2.4K
    SHARES
  • म्याद थपका लागि अदालत पुर्याइएका दुई जना अदालत परिसरबाटै हत्कडी सहित फरार

    मोरङ - लागुऔषध मुद्दामा पक्राउ परेर म्याद थपका लागि अदालत पुर्याइएका दुई जना मोरङ जिल्ला अदालत परिसरबाटै फरार भएका छन्। अदालतबाट पाँच-पाँच दिन म्याद थप भएका उनी हत्कडीसहित फरार भएको खुलेको हो।

    images

    मोरङ कटहरी-४ का ३७ वर्षीय मुराज भनिने मनराज शेख र झापा बिर्तामोड-५ का २० वर्षीय प्रकाश चौधरी अदालत परिसरबाटै फरार भएको मोरङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार अपरान्ह साढे तीन बजे म्याद थप गर्न लिएर गएको प्रहरी टोलीको आँखा छल्दै उनीहरू भागेका थिए।

    प्रहरीले उनीहरू भारततिर भागेको हुन सक्ने अनुमान गरेको छ। खोजी सुरू भइसकेको मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले बताए। फरार भएका उनीहरूमध्ये लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले शेखलाई आइतबार दिउँसो कटहरीबाट आठ ग्राम लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) र त्यसको किनबेच गर्दा तौल लिन प्रयोग गरिने मेसिनसहित पक्राउ गरेको थियो।

    चौधरीलाई विराटनगरको बरगाछीबाट लुपिजेसिक, डाइजेल्याब, एभिल, फेनारगनसहितका लागुऔषधसहित आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ। दुवै जनाविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दामा अनुसन्धान अघि बढाउन प्रहरीले म्याद थप गर्न एउटै हत्कडी लगाएर अदालत पुर्याएको थियो।

  • सम्बन्धित विषय:

  • # हत्कडी सहित फरार
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology