Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आधा दर्जन सशस्त्र प्रहरीमा बलका अधिकृतहरु कारबाहीमा

आधा दर्जन सशस्त्र प्रहरीमा बलका अधिकृतहरु कारबाहीमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १२, २०७७ बुधवार • १३:२९:१७ बजे
  • 1.4K
    SHARES
  • आधा दर्जन सशस्त्र प्रहरीमा बलका अधिकृतहरु कारबाहीमा

    पोखरा - सशस्त्र प्रहरी बलले सङ्गठनको नीति विपरीत काम गरेको भन्दै आधा दर्जन प्रहरीलाई कारबाही गरेको छ।

    images

    सशस्त्र प्रहरी बलको दुई नम्बर प्रदेश छिन्नमस्ता बाहिनीले सिनियर प्रहरी अधिकृतदेखि जुनियर अधिकृतहरूलाई कारबाही गरेको हो।

    सशस्त्र प्रहरी नायब उपरीक्षक योगराज दाहालले नसिहत पाएका छन्। महोत्तरी स्थित बोर्डर आउट पोस्ट सम्सिका सशस्त्र प्रहरी निरीक्षक गणेश न्यौपानेलाई कमान्डबाट फिर्ता गरेर नसिहत दिइएको छ। यस्तै बारा स्थित बोर्डर आउट पोस्ट बंकुलका सशस्त्र प्रहरी निरीक्षक किरण केसीलाई पनि चेतावनी दिएको छ।

    'संगठनको निति विपरित काम गर्नेलाई कारबाही हुन्छ। उनीहरुले पनि कारबाहीमा पर्ने काम गरे होलान्,' सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी राजु अर्यालले भने।

    महोत्तरी स्थित सुरक्षा बेस रामनगरका सशस्त्र प्रहरी निरीक्षक नन्दराज राईलाई पनि चेतावनी दिइएको छ। बिओपि खैरबनि महोत्तरी का सशस्त्र प्रहरी निरीक्षक सुजन गोलेले पनि कारबाही भोगेका छन्। बिओपि गोलागंजका सशस्त्र प्रहरी नायब निरीक्षक अशोक यादव र सशस्त्र प्रहरी सहायक निरीक्षक अखिलेश यादवले क्रमश ग्रेड रोक्का र बढुवा रोक्काको कारबाही परेका छन्।

    सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्र प्रकाश गौतमले बाहिनिको कमान्ड सम्हालेपछि गलत क्रियाकलाप गर्ने मातहत कर्मचारी माथि कारबाही सिफारिस गरेका हुन। त्यस्तै घुमुवा रहेका अन्य पाँच दर्जन प्रहरी समेत बाहिनी तानिएका छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology