Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रुकुम पश्चिमको मुसीकोट बागबजारमा एक घरको भान्साकोठामा ग्याँस चुहिएर आगलागी, नौ जना घाइते

रुकुम पश्चिमको मुसीकोट बागबजारमा एक घरको भान्साकोठामा ग्याँस चुहिएर आगलागी, नौ जना घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १२, २०७७ बुधवार • १९:०९:१२ बजे
  • 1.4K
    SHARES
  • रुकुम पश्चिमको मुसीकोट बागबजारमा एक घरको भान्साकोठामा ग्याँस चुहिएर आगलागी, नौ जना घाइते

    रुकुम पश्चिम - रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ बागबजारमा रहेको एक घरको भान्साकोठामा ग्याँस चुहिएर आगलागी हुँदा नौ जना घाइते भएका छन् ।

    images

    बागबजारका उदिराम केसीको घरमा डेरा गरी बस्ने आठबीसकोट नगरपालिका २ का प्रजित ओलीको कोठामा ग्याँस चुहिएर आगलागी हुँदा नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

    घाइते हुनेहरुमा ३९ वर्षीय प्रजित ओली, आठबीसकोट नगरपालिका २ का १६ वर्षीय इन्द्रबहादुर ओली, सानीभेरी गाउँपालिका ३ का १२ वर्षीय प्रचण्ड खनाल, ११ वर्षीय प्रकाश खनाल छन् । यसैगरी त्यही ठाउँका १५ वर्षीय पशुपति खनाल, आठबीसकोट नगरपालिका २ की हिरासा ओली, सानीभेरी गाउँपालिका ५ की १८ वर्षीया सरिता केसी, आठबीसकोट नगरपालिका २ का २६ वर्षीय वीरबहादुर ओली र त्रिवेणी गाउँपालिका ७ का ४३ वर्षीय वीरबहादुर केसी घाइते भएका छन् । ग्यास बिग्रेको अनुमानमा ग्यास मर्मतमा गएका तथा कोठामा बस्नेहरु घाइते भएका हुन् ।

    घाइतेमध्ये प्रजित, इन्द्रबहादुर, हिरासा, वीरबहादुर ओली र वीरबहादुर केसीलाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ भने चार जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) कपिल शाहीले जानकारी दिनुभयो । ग्यास बाल्न खोलिएको र दिनभर ग्यास चुहिएर बेलुका आगो बलेको बताइएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology