Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा लेकसाइड स्थित वसुन्धरा पार्कमा युवा मृत अवस्थामा फेला

पोखरा लेकसाइड स्थित वसुन्धरा पार्कमा युवा मृत अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १३, २०७७ बिहिवार • १६:५८:१३ बजे
  • 3.9K
    SHARES
  • पोखरा लेकसाइड स्थित वसुन्धरा पार्कमा युवा मृत अवस्थामा फेला

    पोखरा -बिहीबार पोखरा लेकसाइड स्थित वसुन्धरा पार्कमा बिहान एक युवा मृत अवस्थामा भेटिएका छन् ।

    images

    पोखरा ६ स्थित वसुन्धरा पार्कमा अन्दाजी २०२२ वर्षका युवक मृत अवस्थामा भेटिएका हुन ।  जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता सुवास हमालका अनुसार  बिहान ६:५० बजे युवा मृत फेला परेको बताए ।

    मृतकको नजिकै माछा मार्ने विषको बोतल फेला परेकोले मृतकले आत्महत्या गरेको पनि हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा रहेको हमालले बताए ।

    युवक पार्क भित्र अचेत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक युवकको हालसम्म पहिचान खुल्न सकेको छैअन ।

    मृतकको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको छ ।

    घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मृत्यु
  • # मृत
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology