Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मुख्यमन्त्री गुरुङकै गृहजिल्ला लमजुङको पाचोकमा बल्ल पुग्यो विजुली

मुख्यमन्त्री गुरुङकै गृहजिल्ला लमजुङको पाचोकमा बल्ल पुग्यो विजुली

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १३, २०७७ बिहिवार • १७:०४:११ बजे
  • 1.1K
    SHARES
  • मुख्यमन्त्री गुरुङकै गृहजिल्ला लमजुङको पाचोकमा बल्ल पुग्यो विजुली

    लमजुङ - तीनवर्ष अघि मुख्यमन्त्रीको पदभार ग्रहण गरेपछि पृथ्वीसुब्बा गुरुङले अधिकाशं स्थानमा पुगेर भन्नुहुन्थयो विकासको गतिलाई चीन, जापान र वेलायतको जस्तै दुर्त गतिमा अगाडि बढाउछु ।

    images

    गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले अधिकाशं सभामा गण्डकी प्रदेशमा एक वर्ष भित्र सबै गाउँमा विद्युत लाइन र दुई वर्षमा सवैलाई खानेपानी उपलब्ध गराउने नारा थियो ।

    मुख्यमन्त्रीले एक वर्षमा विद्युत पुर्याउछु भनेपनि उहाँकै गृहजिल्ला लमजुङ जिल्लाको पाचोकका ६५ घरपरिवारले उहाँ मुख्यमन्त्री भएको तीनवर्षपछि मात्र विजुलीको मुख देख्न पाएका छन् । उनीहरु अहिलेसम्म टुकीको भरमा उज्यालो बालेर आफ्नो जीविका चलाउदै आएका थिए ।

    दोर्दी गाउँपालिका ५ पाचोक गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइन पुगेको छ । टुकी तथा सोलारको भरमा जीवनयापन गर्दै आएका सो वडामा सिम्ररुङ, फुम्चे र कैचे गाउँमा नेपाल विद्युत् प्राधिकरणले आज पहिलो पटक बिजुली पुर्याएको हो ।

    गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले कन्द्रीय प्रसारण लाइनको शुभारम्भ गर्दै प्रदेशका सबै नागरिकको घरमा बिजुली पुर्याउँने जानकारी दिनुभयो । उहाँले गाउँमा एक घर एक धारा छिट्टै निर्माण गरिने बताउनुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशसभाका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेशसभा सदस्य धनञ्जय दवाडी, पूर्व संविधानसभा सदस्य जमिन्द्रमान घले, गाउँपालिका अध्यक्ष ओमलाल गुरुङ, वडाध्यक्ष फत्तबहादुर गुरुङ, प्राधिकरण वितरण केन्द्रका प्रमुख यमकुमारी गुरुङ र स्थानीय अगुवा शेरबहादुर तामाङले पूर्वाधार विकासमा जोड दिनुभएको थियो ।

    प्रदेशको भौतिक मन्त्रालयका सहयोगमा प्राधिकरणले केन्द्रीय प्रसारण लाइन पुर्याएको थियो । यहाँका ६५ घरमा बिजुली बलेको छ । यसअघि टुकी र सोलारका भरमा बस्नुपर्दा, बिरामी हुँदा तथा बालबालिकाको पठनपाठनमा समस्या हुनेदेखि मोबाइल चार्जिङ गर्नसमेत समस्या हुँदै आए पनि अब भने यस्ता समस्याको समाधान भएको वडाध्यक्ष गुरुङको भनाइ छ । गाउँमा पहिलो पटक बिजुली पुग्दा स्थानीयवासी हर्षित छन् ।

  • सम्बन्धित विषय:

  • # बल्ल पुग्यो विजुली
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology