Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

१२ केजी गाँजा सहित एक जना पक्राउ

म्याग्दीमा १२ केजी गाँजा सहित एक जना पक्राउ

म्याग्दीमा १२ केजी गाँजा सहित एक जना पक्राउ

चन्द्र गाेतामे

चन्द्र गाेतामे

फाल्गुण १३, २०७७ बिहिवार • १९:२२:२३ बजे
  • 1.7K
    SHARES
  • म्याग्दीमा १२ केजी गाँजा सहित एक जना पक्राउ

    म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२ रुम, भिरखर्कका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । ३४ वर्षीय होमबहादुर पुनलाई १२ किलोग्राम ८५० ग्राम गाँजा सहित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक श्यामकुमार राइले जानकारी दिनुभएको छ ।

    images

    बोराभित्र हालेर बाख्राको खोरमा लुकाई राखेको अवस्थामा इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक सन्तोष पौडेलको नेतृत्वमा गएको टोलीले गाँजा सहित पुनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    पुनलाई बिहीबारनै जिल्ला प्रहरी कार्यालय म्याग्दीमा ल्याइ अदालतबाट म्याद थप गरेर अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउने प्रहरी नायव उपरिक्षक राइले बताउनुभयो ।

    फोटो - म्याग्दी न्युजबाट

  • सम्बन्धित विषय:

  • # लागूऔषध गाँजा
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology