Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बिरामी बोकेर पोखरा आउदैँ गरेको जीप दुर्घटना,बिरामीको मृत्यु चार घाइते

बिरामी बोकेर पोखरा आउदैँ गरेको जीप दुर्घटना,बिरामीको मृत्यु चार घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १४, २०७७ शुक्रवार • १०:५०:१० बजे
  • 8.3K
    SHARES
  • बिरामी बोकेर पोखरा आउदैँ गरेको जीप दुर्घटना,बिरामीको मृत्यु चार घाइते

    बेनी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

    images

    मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर पोखरा जाँदै गरेको ग १ ज ६७८८ नम्बरको जिप गएराति सडकबाट म्याग्दी नदीमा खसेको थियो ।

    दुर्घटनामा मालिका–३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए ।

    रुखबाट लडेर घाइते भएका रोकालाई उपचारका लागि पोखरा लैजाँदै गरेको जिप दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक मालिका–१ निस्कोटका ३० वर्षीय नरबहादुर रोका, मालिका–३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोका घाइते भएका छन् ।

    घाइतेहरुमध्ये जिप चालक नरबहादुरलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । अन्य घाइतेहरुको म्यादी सदरमुकाम बेनी अस्पतालमा उपचार भइरहेको छ । चालकबाहेक मृतक र घाइते एकै परिवारका सदस्यहरु हुन् ।

    तातोपानी प्रहरी चौकी, तातोपानी र पखेरका स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए । दुर्घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक राईले बताए ।

  • सम्बन्धित विषय:

  • # जीप दुर्घटना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology