Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

५० हजार घुस सहित सशस्त्र प्रहरी निरिक्षक सहित दुइ जना पक्राउ

५० हजार घुस सहित सशस्त्र प्रहरी निरिक्षक सहित दुइ जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १४, २०७७ शुक्रवार • १४:०१:५९ बजे
  • 1.8K
    SHARES
  • ५० हजार घुस सहित सशस्त्र प्रहरी निरिक्षक सहित दुइ जना पक्राउ

    रुपन्देही । गैडहवा गाउँपालिका लोण्डिहवामा रहेको सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पका प्रमुख  घुस रकम सहित पक्राउ परेका छन ।

    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले ५० हजार रुपैयाँ घुससहित सशस्त्र प्रहरी निरिक्षक सहित दुइ जनालाई पक्राउ गरेको हो ।

    रुपन्देहीको गैडहवा गाउँपालिका लोण्डिहवामा रहेको सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पका प्रमुख समेत रहेका सशस्त्र प्रहरी निरिक्षक दधिराम पौडेल र नायव निरीक्षक राजेश पासी बिहीबार पक्राउ परेका हुन्।

    सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले बताए।

    फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै उनीहरुले घुस लिएको र थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

  • सम्बन्धित विषय:

  • # सशस्त्र प्रहरी बल
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology