Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जातीय भेदभाव

दलित समुदायका व्यक्तिले दिएको दही खाएको आरोपमा आचार्य बहिष्करणमा

दलित समुदायका व्यक्तिले दिएको दही खाएको आरोपमा आचार्य बहिष्करणमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १५, २०७७ शनिवार • ०९:५०:३० बजे
  • 2.0K
    SHARES
  • दलित समुदायका व्यक्तिले दिएको दही खाएको आरोपमा आचार्य बहिष्करणमा

    खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एकजना ज्येष्ठ नागरिक लामो समयदेखि बहिष्करणमा परेको खुलेको छ ।

    images

    दलित समुदायका व्यक्तिले दिएको दही खाएको आरोपमा टंकप्रसाद आचार्य आफन्त र छिमेकीबाट बहिष्करणमा परेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।

    आचार्यले २०७५ असारमा जिल्ला समन्वय समिति खोटाङले आयोजना गरेको जातीय भेदभावविरुद्धको सहभोज कार्यक्रममा दलित समुदायका व्यक्तिले दिएको दही खाएका थिए । त्यसयता उनी समाजमा बहिष्करण हुँदै आएको अनुगमनका क्रममा खुलेको आयोगले जनाएको छ ।

    घटना बाहिर आएपछि मानव अधिकार आयोगका सचिव वेद भट्टराईसहित अधिकृतहरु संलग्न उच्चस्तरीय टोलीले अनुगमन गरेको थियो ।

    अनुगमन टोलीले पीडित आचार्यको घरमै पुगेर विष्तृत जानकारी लिएको छ ।

    अनुगमनपछि विज्ञप्ति जारी गर्दै आयोगले जातीय भेदभावविरुद्धको अभियानमा संलग्न ज्येष्ठ नागरिकलाई समाजले गौरवको रुपमा लिनुपर्नेमा बहिष्कार गर्नु निन्दनीय भएको बताएको छ ।

    घटनामा संलग्नलाई कारबाही गरी पीडितलाई मानसिक पीडाबाटमुक्त गर्न जिल्ला प्रशासन कार्यालय खोटाङ र नगरपालिकालाई आयोगले पत्रसमेत लेखेको छ ।

    यो समाचार हामीले अनलाइन खबरबाट साभार गरेका हौ ।

  • सम्बन्धित विषय:

  • # जातीय भेदभाव
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology