Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुटपिट गरी गर्भपतन गराएको आरोपमा तीन जना पक्राउ, एक जना फरार

कुटपिट गरी गर्भपतन गराएको आरोपमा तीन जना पक्राउ, एक जना फरार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १५, २०७७ शनिवार • २०:४२:०७ बजे
  • 2.1K
    SHARES
  • कुटपिट गरी गर्भपतन गराएको आरोपमा तीन जना पक्राउ, एक जना फरार

    फाइल फाेटाे

    images

    सप्तरी, कुटपिट गरी गर्भपतन गराएको आरोपमा तीन जनालाई आज पक्राउ गरेको छ भने एक जना फरार रहेकाले खोजतलास भइरहेको छ । । सप्तरीको महादेवा गाउँपालिका–४ की २४ वर्षीया पुनितादेवी यादवलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा सप्तरी प्रहरीले महादेवा गाउँपालिका–४ का ५८ वर्षीय लक्ष्मण राउत बरै, ६५ वर्षीय रामजी साह र २७ वर्षीय श्याम राउतलाई आज पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका प्रहरी निरीक्षक नरेश कुमार सिंहका अनुसार सोही ठाउँका आरोपित ४० वर्षीय सुरेन्द्र साह फरार रहेकाले खोजतलास भइरहेको छ । फागुन ६ गते दिउँसो आफ्नो खेतमा बालीनाली हेर्न गएका बेला आरोपितहरूले गहुँबारीमा घाँस काट्ने बहानामा आफ्नो खेतको गहुँ काटिरहेको देखी निजहरुलाई रोक्न खोज्दा कुटपिट गरेको पीडितले बताइन् ।

    पेटमा रहेको १६ हप्ताको गर्भ आरोपितहरूको कुटपिटबाट खेर गएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीमा दिएको उजुरीमाथि थप अनुसन्धान र कारवाही भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # गर्भपतन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology