Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँमा मोटरसाइकल दुर्घटना युवाको मृत्यु , युवती घाइते

तनहुँमा मोटरसाइकल दुर्घटना युवाको मृत्यु , युवती घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १६, २०७७ आइतवार • ११:४१:४९ बजे
  • 4.6K
    SHARES
  • तनहुँमा मोटरसाइकल दुर्घटना युवाको मृत्यु , युवती घाइते

    मयुरपाटी न्युज । तनहुँमा मोटरसाइकल दुर्घटना हुदाँ एक युवाको मृत्यु भएको छ भने एक युवती घाइते भएकी छन् ।

    images

    व्यास नगरपालिका २ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा व्यास २ मालेबगर बस्ने २२ वर्षीय विवेक थापामगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

    दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीया रजनी गुरुङ घाइते छन् ।

    दमौलीबाट घाँसीकुवातर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा घाइते भएका विवेकको टाउकामा चोट लागेको थियो । विवेकको दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    शनिबार साँझदेखि पानी परेकाले सडक चिप्लो हुँदा मोटरसाइकल दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology