मयुरपाटी न्युज पोखरा - दाङबाट एकजना न्यायाधीशकी श्रीमती प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित घरबाटै पक्राउ परेकी छन।
उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश मदन पोखरेलकी पत्नी तुलसा पोखरेललाई प्रहरी तुलसीपुर उपमहानगरपालिका-७ अरनिको मैदान नजिक घरबाटै दुई ग्राम ३६ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार करिब ४२ वर्षीय पोखरेललाई घरबाटै ब्राउन सुगरसहित आइतवार पक्राउ गरिएको हो।
ब्राउन सुगरसहित पक्राउ पोखरेललाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको जानकारी इलाका प्रहरी कार्यालय तुलसीपुर डिएसपी शिवबहादुर सिंहले दिएका छन्।