जोमसोम - मुस्ताङमा एक जना पुरुषको भीरवाट लडेर मृत्यु भएको छ ।
घरपझोङ गाउपालिका ३ स्याङका ४९ बर्षिय टिकबहादुर थकालीको भीरबाट लडेर मृत्यु भएको हो ।
आईतबार बिहान ८ बजे गाउँ नजिकै जनकल्याण युवा क्लवको भवन माथिको भीर माथिबाट लडेरको अवस्थामा मृत शव भेटिएको जिप्रका मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए ।
स्थानीयले शव मृत भेटेपछी प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जोमसोममा लगिएको छ ।
प्रहरीका अनुसार करिव ५० मिटर अग्लो भीरबाट लडेर मृत्यु भएका ब्यक्तीको प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ