मयुरपाटी न्युज । तनहुँमा मोटरसाइकल दुर्घटना हुदाँ मृत्यु हुने युवा भारतीय सेनामा कार्यरत भएको खुलेको छ । उनी सङै दुर्घटनामा परी एक युवती पनि घाइते भएकी थिए ।
व्यास नगरपालिका २ बुल्दी पुल नजिक गए राति शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा व्यास २ मालेबगर बस्ने २२ वर्षीय विवेक थापामगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।उनी भारतीय सेनामा कार्यरत रहेको र ४४ दिनको छुट्टिमा घर आएको बताए ।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीया रजनी गुरुङ घाइते छन् ।
दमौलीबाट घाँसीकुवातर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा घाइते भएका विवेकको टाउकामा चोट लागेको थियो । विवेकको दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार साँझदेखि पानी परेकाले सडक चिप्लो हुँदा मोटरसाइकल दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।