Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दमौली कारागारमा कैदीबन्दीबीच झडप,तीन नाइके र दुई कैदीबन्दी घाइते

दमौली कारागारमा कैदीबन्दीबीच झडप,तीन नाइके र दुई कैदीबन्दी घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १६, २०७७ आइतवार • २०:३०:१४ बजे
  • 2.5K
    SHARES
  • दमौली कारागारमा कैदीबन्दीबीच झडप,तीन नाइके र दुई कैदीबन्दी घाइते

    तनहुँ । आइतबार साँझ दमौली कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । झडपमा परी तीन नाइके र दुई कैदीबन्दी घाइते भएका छन । 

    images

    दमौली कारागार प्रशासनका अनुसार घाइते हुनेमा नाइकेतर्फ धनबहादुर शाही, अनुप थापा र ज्ञानबहादुर विक रहेका छन् । त्यसैगरी कैदीबन्दीतर्फ माधव कँडेल र कुलबहादुर तामाङ घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएकामध्ये चारको दमौली अस्पतालमा र एकको दमौलीस्थित समाधान अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    कारागारमा हाल रहेका चौकीदार र नाइके हटाएर आफूले चाहेको व्यक्तिलाई राखिनुपर्ने मागमा उत्रिएका कैदीबन्दीबीच विवाद हुँदा झडप स्थिति भएको बताइएको छ । घटना पश्चात प्रमुख जिल्ला अधिकारी , प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक, जेलर र कैदीबन्दीबीच कारागारमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # दमौली कारागार
  • # झडप
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology